Logo

निलम्बित प्रधानन्यायाधीश जबरासँग महासभियोग सिफारिश समितिको अन्तिम बयान सुरू



काठमाडौं, २८ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सुरु भएको छ । महाभियोग सिफारिश समितिले जबरासँग आज अन्तिम बयान लिएको हो । यसअघि बैठक विहान ११ बजे बस्ने भनिएको थियो । तर, बैठक भने साढे तीन घण्टा ढिलोगरि सुरु भएको हो ।

समितिले नेपाल बार एशोसियनका पूर्व पदाधिकारी, पूर्व न्यायाधीश बहालवाला न्यायाधीश लगायतलाई बोलाउने निर्णय गरेको छ। समितिका सदस्य प्रमोद साहकाअनुसार उनीहरुलाई भोलि (बुधबार) बयानको लागि बोलाउने तयारी छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot