Logo

सिफारिस समितिमा चोलेन्द्रको बयान सकियो



काठमाडौं, २८ भदौ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सकिएको छ । आज अन्तिम पटक राणाले सिफारिस समितिमा बयान दिएका हुन् ।

बैठक विहान ११ बजे बस्ने भनिए पनि साढे तीन घण्टा ढिलोगरि सुरु भएको थियो ।

समितिले नेपाल बार एशोसियनका पूर्व पदाधिकारी, पूर्व न्यायाधीश बहालवाला न्यायाधीश लगायतलाई बोलाउने निर्णय गरेको छ। समितिका सदस्य प्रमोद साहकाअनुसार उनीहरुलाई भोलि (बुधबार) बयानको लागि बोलाउने तयारी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot