Logo

नेपालको भूमि कसैको विरुद्ध प्रयोग हुन नदिने ओलीको प्रतिबद्धता



काठमाडौं, २८ भदौ । नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । हिजो काठमाडौं ओर्लिएका चान्सुले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् ।

नयाँ बानेश्वरस्थित् संसद् भवनमा भएको भेटमा द्धिपक्षीय हितको विषयमा कुराकानी भएको थियो । सो क्रममा चान्सुले बीआरआई कार्यान्वयनमा जोड दिँदै चीनले उच्चस्तरीय भ्रमणमा नेपाललाई उच्च प्राथमिकता राखेको बताएका थिए । एमाले अध्यक्ष ओलीले पनि नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका थिए । उनले नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने कुरा प्रतिवद्धता जनाएका थिए ।

भेटवार्तामा एमालेको तर्फबाट अध्यक्ष ओलीले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा सुवास नेम्वाङ, विष्णु रिमाल, अष्टलक्ष्मी शाक्य, डा. राजन भट्टराई, अञ्जान शाक्य, लक्की शेर्पा र कृष्ण केसी सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot