Logo

आज यी क्षेत्रमा हिडडुल गर्न समेत रोक



काठमाडौं, भदौ २९ । चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु हाल चारदिने औपचारिक नेपाल भ्रमणमा छन् । उनको सवारीका कारण उपत्यकाको यातायात अस्तव्यस्त छ ।

भीआईपीको सवारीका समय सुरक्षा व्यवस्था मजबुत बनाउन ट्राफिक प्रहरी बाटो बन्द गर्न बाध्य छ । बाटै रोकेर भीआईपीको सवारी गराउँदा सम्बन्धित ठाउँको मात्र नभएर अन्यत्रसमेत लामो समय ट्राफिक जाम हुने गरेको छ ।

ट्राफिक प्रहरीले भीआईपीको सवारीका समय विकल्प खोज्न सर्वसाधारणलाई अनुरोध गर्ने गरेको छ । तर, सरकारले वैकल्पिक बाटो निर्माणमा चासो नदिँदा सर्वसाधारण मारमा पर्ने गरेका छन् ।

सोमबार र मंगलबार लामो सास्ती खेपेको उपत्यकाबासीले आज पुनः सडकमा सास्ती खेप्नुपर्ने भएको छ । अहिले विहान ९ बजे ली भक्तपुर दरवारक्षेत्रको अवलोकनमा जाने कार्यक्रम रहेको छ । दिउँसो ३ बजे राष्ट्रपति विद्यादेखि भण्डारीसंग शितल निवासमा शिष्टाचार भेटको कार्यक्रम रहेकाले सो समयमा पनि सवारी आवागमन प्र्रभावित रहनेछ ।

उपत्यका ट्राफिक कार्यालयका अनुसार अहिले विहान ९ बजे आसपास रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटि, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडियो कार्यालय देखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएका छन् ।

त्यस्तैगरी दिउँसो ३ बजे सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास सम्मको सवारी आवागमन प्रभावित हुने छ ।



प्रतिक्रिया दिनुहोस्