Logo

जहाज भित्र धुवाँ देखिएपछि नारिता उडेको नेपाल एयरलाइन्स आधा घण्टामै काठमाडौं फिर्ता



काठमाडौं, भदौ २९ । काठमाडौंबाट जापानको नारिताका लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज कार्गो कम्पार्टमेन्टमा धुवाँ आएएपछि काठमाडौं नै फिर्ता भएको छ ।

मंगलबार राति ११ बजे जापानको नारिताका लागि उडेको वाइडबडी आर ए ४३३ नम्बरको जहाज उडेको आधा घण्टामै काठमाडौं फर्किएको हो ।

कार्गो कम्पार्टमेन्टमा धुवाँ आएएपछि चालकदलले जहाज काठमाडौं नै फर्काएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । १ सय ८४ यात्रु बोकेर जापानको नारिताका लागि उडेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्