Logo

समानुपातिक उम्मेदवारको सूचि तय गर्ने तयारीमा जुट्यो कांग्रेस, बोलायो बैठक



काठमाडौं, २९ भदौ । सत्तारुढ दल नेपाली कांग्रेस आसन्न निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तय जुटेको छ । समानुपातिक उम्मेदवारको सूचि तय गर्न कांग्रेसले संसदीय समितिको बैठक बोलाएको छ ।

दलका नेता शेरबहादुर देउवाले आजै अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोबारे बैठक बोलाएका छन् । बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बनाउने विषयमा छलफल हुने जनाईएको छ ।

निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार असोज २ र ३ गते समानुपातिक तर्फको बन्दसूची पेस गर्नुपर्छ । उता, सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे अझै सहमति हुन सकेको छैन् । शीर्ष नेताहरु सिटको बाँडफाँट टुँगो लगाउन निरन्तर छलफलमा थिए ।

तर, कतिपय निर्वाचन क्षेत्रमा एकभन्दा बढि दलको दाबी रहेको कारण सहमति हुन सकेको थिएन । गठबन्धनको अर्को बैठक अब समानुपातिकको बन्द सूचि तयार गरिएपछि हुने भनिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot