Logo

प्राइम टिभीको महाप्रबन्धकमा गणेश थापा, अध्यक्ष धमलाद्वारा सफल कार्यकालको शुभकामना



काठमाडौं, ३१ भदौ । टाईम्स ब्रोडकास्टिङ नेपालको ‘प्राइम टिभी एच.डी.’को महाप्रवन्धकमा गणेश थापा नियुक्त भएका छन् । खोटाङ स्थायी घर भएका थापा विगत दुई दशकदेखि मिडियामा व्यवस्थापकीय जिम्मेवारीमा रहँदै आएका थिए । टिभीका अध्यक्ष ऋषि धमलाले थापालाई उक्त जिम्मेवारीको लागि बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

सो अवसरमा टिभीको व्यवस्थापन र समाचार सम्पादकीय टिमको नेतृत्वले पनि थापालाई सफल कार्यकालको शुभकामना दिएका थिए । थापा समाजसेवमा पनि सक्रिय छन् । थापाको व्यवस्थापकीय नेतृत्वमा टिभीले व्यवसायिक सफलता हाँसिल गर्ने अध्यक्ष धमलाको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot