काठमाडौं, भदौ ३१ । नेकपा (एमाले)ले संविधान दिवसको अवसर पारेर आज बिहान काठमाडौंमा वाकाथन अर्थात बिहानी पैदलयात्रा गरेको छ । राजधानीका विभिन्न ठाउँबाट एमाले नेता तथा कार्यकर्ता मर्निङवाककै रुपमा काठमाडौंका पाँच ठाउँबाट पैदलै हिडेर वसन्तपुर डबली पुगेका छन् ।
‘संविधानको सात वर्षे यात्रा, युवा सँगसँगै पदयात्रा’ नाम दिइएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली नयाँ बानेश्वरबाट पैदल हिँडेर वसन्तपुर पुगेका छन् ।
संविधान दिवस पर्सि असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगाडि नै आज मर्निङवाक कार्यक्रम राखेको हो । बिहान ६ बजेर ४५ मिनेटदेखि सुरु भएको कार्यक्रममा उल्लेख्य सहभागीता रहेको छ । फोटोः इश्वर कार्की/ रिपोर्टर्स क्लब नेपाल