Logo

लगातारको वर्षाले अछाममा पहिरो घर पुरिदा ४ जनाको मृत्यु, १२ जना बेपत्ता



अछाम,असोज १ । लगातारको वर्षाले अछाममा पहिरो घर पुरिदा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पहिरोले कमलबजार नगरपालिका–६ मा दुई घर र तुर्माखाँद गाउँपालिका–५ मा दुई घर पुरिएका प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ।

कमलबजार –६ मा पहिरोले घरभित्र पुरिएका ४ जनाको शव निकालिएको र बेपत्ता तीन जनाको खोजी भइरहेको अछाम प्रहरी प्रमुख, डीएसपी नारायण डाँगीले बताए। उनका अनुसार कमलबजारबाट ७ जनालाई जीवितै उद्धार गरिएको छ।

उता, तुर्माखाँद–५ मा पनि ९ जना बेपत्ता भएको खबर आएको डीएसपी डाँगीले बताए। त्यहाँका लागि प्रहरी घटनास्थल पुग्दैछ भने कमलबजारमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot