Logo

अछामको पहिरोमा मृतकको संख्या २२ पुग्यो (नामसहित)



काठमाडौं, १ असोज । बाढी र पहिरोले कर्णाली र सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको छ । कैलाली र कञ्चनपुरमा बाढी र डुबानले हजारौं प्रभावित भएका छन् ।

अछाममा पहिरोले २२ जनाको मृत्यु भएको छ । ढकाली गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोले पुरिँदा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा ढकारी गाउँपालिकाका २ वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिकाका १७ वर्षीया जानकी शाही, १७ वर्षीया बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीय मनिषा शाही, १७ वर्षीय कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, १ वर्षीय मेनिका शाही, ३ वर्षीय कल्पना शाही, २१ वर्षीया भावना शाहीको सनाखत भएको छ ।

कमलाबजार नगरपालिकाको एकै घरका ३० वर्षीया अमृता कामी, १७ वर्षीय समिता कामी, २१ वर्षीय अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीय मैनकला कामी, १५ वर्षीय गीता कामी, १२ वर्षीय सिरु कामीको मृत्यु भएको छ ।

कमलाबजारको ढुङ्गलास्थित एकै घरका २६ वर्षीय गम्भीर दमाई, २३ वर्षीय भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, ३ वर्षीय कलु दमाई, ४ वर्षीय कल्पना दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा ११ जना वेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । घटनामा दर्जनौं घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot