काठमाडौं, असोज २ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेपाली सेनाको स्कर्टिङमा सर्वोच्च अदालतर्फ आउने तयारीकाबीच उनको निवासमा तालाबन्दी गरिएको छ ।
निलम्बित प्रधानन्यायाधीश राणाले पूर्व निर्धारित समय अनुसार आफू सर्वाेच्व आउन निस्कनु अघि नै आफ्नो निवासकोे गेटमा प्रहरीले तालाबन्दी गरेको बताए ।
यता, राणालाई सर्वोच्वको गेटमै रोक्न नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायीहरू धर्नामा बसेका छन् । उनलाई अदालत परिसरमा प्रवेश गर्न नदिन व्यापक प्रहरी समेत परिचालन गरिएको छ ।
कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की भने अदालत प्रवेश गरिसकेका छन् ।