Logo

समानुपातिकतर्फ ४८ राजनीतिक दलद्वारा बन्दसूची पेश



काठमाडौं, असोज ४ । निर्वाचन आयोगमा प्रतिनिधिसभामा समानुपातिकतर्फ ४८ दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । निर्वाचन आयोगले मंगलबार बिहान ५ बजेसम्म दलहरुको बन्दसूची दर्ताको काम गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पोडेलले ४८ दलले समानुपातिकका लागि धरौटी बुझाएका जानकारी दिएका छन् ।

आयोगले आइतबार र सोमबार दलहरुलाई आयोगले बन्दसूची पेस गर्न समय दिएको थियो। पहिलो दिन ४ वटा दलले मात्र दर्ता गरेका थिए। दोस्रो दिन ४४ दलले बन्दसूची बुझाएका शर्माको भनाइ छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दर्ता भएका ७६ दलमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए ।

प्रदेशतर्फ प्रदेश नम्बर एक र मधेस प्रदेशमा समान ३६ दल, बागमती प्रदेशमा ४० दल, गण्डकी प्रदेशमा ३१ दल, लुम्बिनी प्रदेशमा ३२ दल, कर्णाली प्रदेशमा २८ दल र सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगले आजदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्नेछ। छानबिनका क्रममा बन्दसूचीमा कमजोरी भएमा सच्याउन समय तोकिएको छ।



प्रतिक्रिया दिनुहोस्