Logo

कपनमा ग्याँस सिलिन्डर पड्केर आगो लाग्दा ३ को मृत्यु



काठमाडौं, ५ असोज । कपनमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । बुढानिलकण्ठ नगरपालिकास्थित कपनमा ट्रेकिङ एजेन्सी सञ्चालकको घरमा आगलागी हुँदा डेरामा बस्ने तीनजनाको मृत्यु भएको हो ।

घरबेटीले ग्याँस तल्लो तल्लामा राख्दै आएको र पड्कँदा उक्त घटना भएको खुलेको छ । घरमा भाडामा बस्नेहरुको मृत्यु भएको र घरबेटीको परिवार माथिल्लो तल्लामा भएकाले सकुशल रहेको भेटिएको छ ।

आगो नियन्त्रणमा लिएर घाइतेलाई उपचारका लागि लगिएको थियो । कपन गुम्बा नजिकै घटनास्थल रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot