Logo

राष्ट्रपति भण्डारी चीनको जीएसआई बैठकमा सहभागी, सरकार असन्तुष्ट



काठमाडौं, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ कम्युनिस्ट पार्टीले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) बैठकमा सहभागी भएकी छन्। राष्ट्रपति भण्डारीले सरकारको आग्रहलाई समेत लत्याएकी छिन् ।

यसअघि उक्त बैठकमा सहभागी हुनको लागि नेपालस्थित् चिनियाँ दूतावासको तर्फबाट परराष्ट मन्त्रालयलाई आग्रह गरिएको थियो । तर, परराष्ट मन्त्रालयले उक्त बैठकमा सहभागीन नहुने जवाफ दिएको थियो । बुधबार सुरु भएको बैठकमा राष्टपति भण्डारीले भर्चुअल सहभागिता जनाएकी हुन्।

पछिल्लो समय चीनले नयाँ सुरक्षा अवधारणालाई अघि सार्दै जीएसआईको घोषणा गरेको हो। गत अप्रिल २१ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले घोषणा गरेको उक्त कार्यक्रममा सहभागी हुन र सदस्य राष्ट्र बन्‍न चिनियाँ कम्युनिस्ट पार्टीले बारम्बार आग्रह गर्दै आएको भए पनि नेपालले अस्वीकार गर्दै आएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालले असंलग्‍न परराष्ट्र नीति अवलम्बन गरेकोले उक्त बैठकमा सहभागी हुन नसक्‍ने बताएपनि राष्ट्रपतिले भने बुधबार बैठकलाई सम्बोधन गरेकी हुन्।

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको बताईएको छ । राष्टपतिको यो कदमको सरकारले निन्दा गरेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot