Logo

एमालेका निवर्तमान सांसद राजेन्द्र राईद्वारा पाख्रिवासका प्रशासकीय प्रमुखलाई ज्यान मार्ने धम्की (कुराकानीसहित)



काठमाडौं, १४ असोज । नेकपा एमालेका निवर्तमान सांसद राजेन्द्र राईले पाख्रिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएका छन् । उनले टेलिफोन गरेर पौडेललाई तत्काल जिल्ला छाड्न धम्की दिदै अस्तित्व समाप्त पारिदिने धम्की दिएका हुन् ।

रिपोर्टर्स नेपाललाई प्राप्त अडियो रेकर्डमा धनकुटाबाट २०७४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित राजेन्द्र राईले पौडेलाई टेलिफोनमार्फत् भनेका छन्,‘जिल्ला कुल्चन दिन्न, तपाईंका छोराछोरी रुला । खुरुक्क जानुहोस् ।’

धनकुटा आफ्नो ठाउँ भएको भन्दै राईले भने,‘तपाईं मेरो ठाउँमा आएर शासन गर्ने ? ख्याल गर्नुहोला । अस्तित्व समाप्त पारिदिन्छु ।’

राजेन्द्र राई र प्रकाशराज पौडेलको संवाद

राजेन्द्र राईः ए हाकिम साब
प्रकाशराज पौडेलः हजुर नमस्कार
राईः तमुमा आएर मेरो ठाउँमा तपाईं शासन गर्ने
पौडेलः के भयो र हजूर ?
राईः के भयो भन्ने ? जिल्ला कुल्चन दिन्न । तपाईंका छोराछोरी रुला । तपाईंले धेरै हेप्नुभएको छ । तपाईंलाई कसैले रोक्न सक्दैन
पौडेलः भएको के हो त भन्नुहोस् ? के भयो हजूर ?
राईः तपाईंले हामीलाई खुबै हेप्नुभएको छ । अब खुरुक्क जानुहोस् । कुनै घटना घटेमा
तपाईं मेरो ठाउँमा आएर शासन गर्ने ?
पौडेलः के गरें र मैंले ?
राईः तपाईं ख्याल गर्नुहोला । तपाईं तुरुन्त जानुहोस् खुरुक्क जानुहोस् । अस्तित्व समाप्त पारिदिन्छु
पौडेलः के भयो त भन्नुहोस् ?
राईः तपाईंको शेरबहादुर देउवा र रामचन्द्र पौडेल आएपनि रोक्न सक्दैन । पछि कुनै घटना घटेमा भन्न पाउनुहुन्नँ । मेरो ठाउँमा आएर दादागिरी गर्ने ?
पौडेलः के गरेँ त भन्नुहोस् न ?
राईः डडेलो दरिलो बनाएर राख्ने भेट्न आउँछु । म आउँछु कुन दिन । तपाईं जानुहोस् खुरुक्क जानुहोस् । मेरो ठाउँमा आउने फूर्ति लाउने ।
पौडेलः के गरेँ मैंले भन्नुहोस् न ?



प्रतिक्रिया दिनुहोस्

Screenshot