Logo

शिक्षासेवी राजन श्रेष्ठ कांग्रेस प्रवेश, गगन थापाले गरे स्वागत



काठमाडौं, १४ असोज । शिक्षासेवी राजन श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेका छन् । श्रेष्ठलाई आज (शुक्रबार) एक कार्यक्रमका बीच कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीमा स्वागत गरेका हुन् । सो क्रममा अन्य युवाहरु पनि कांग्रेस प्रवेश गरेका थिए ।

कांग्रेस प्रवेश गरेका श्रेष्ठ उक्त क्षेत्रमा विगत दशकौंदेखि शिक्षा क्षेत्रमा सफल नेतृत्व तथा युवाहरुमाझ अत्यन्तै लोकप्रिय र विभिन्न स्थानिय संघ÷संस्थाहरु मार्फत समाजसेवामा सक्रिय छन् । समग्र काठमाण्डौं क्षेत्र नम्बर ४ को सामाजिक, आर्थिक तथा भौतिक रुपमा विकास गर्ने प्रतिवद्धता सहित आफू कांग्रेस प्रवेश गरेको श्रेष्ठको भनाई छ ।

उनले आफु पनि उदार लोकतन्त्रमा विश्वास राख्ने भएकोले र गगन थापाको नेतृत्वदायी व्यक्तित्व, उदार लोकतान्त्रिक विचार, समाज तथा देश विकासका लागि तय गरेको विभिन्न मिसन तथा भिजनहरुले नै आफुलाई उक्त पार्टीप्रति तथा गगन थापासँग रहेर काम गर्न प्रेरित गरेको पनि जनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot