Logo

रघुवीर महासेठको भैंसेपाटीस्थित् निवासमा एमाले-जसपा सहमतिको तयारी



काठमाडौं, २० असोज । नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच चुनावी सहकार्य हुने भएको छ । एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठको भैंसेपाटीस्थित् निवासमा अहिले एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सिट बाँडफाँटबारे गरिएको सहमतिपत्रमा हस्ताक्षर हुने जनाईएको छ ।

सत्ता गठबन्धनमा आवद्ध जसपाले सिट बाँडफाँटमा कांग्रेस र माओवादीले सम्मानजनक व्यवहार नगरेको भन्दै एमालेसँग सहकार्यको लागि हात अघि बढाएको हो ।

जसपानिकट उच्च स्रोतकाअनुसार मधेश प्रदेशमा रहेको प्रतिनिधिसभातर्फको ३२ सिटमा १६ १६ सिट लिने सहमति भएको छ । यस्तै, प्रदेशमा पनि आधा आधा सिट लिने सहमति भएको छ । जसपा अध्यक्ष यादव ओलीसँग छलफलमा जुटेपछि सत्ता गठबन्धनको बैठक भने प्रभावित बनेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot