Logo

पार्टीभित्र अन्याय भयाे भने विराेध र विद्राेह स्वाभाविक हुन्छ: गाेविन्दराज पाेखरेल



काठमाडौं, २१ असाेज। नेपाली कांग्रेसका नेता गाेविन्दराज पाेखरेलले पार्टी नेतृत्वले कहिल्यै चुनाव नजितेका व्यक्तिलाई समानुपातिकमा पटकपटक अवसर दिएकाे आराेप लगाएका छन्।

“समानुपातिक बन्दसूचीले गर्दा जनतामा राम्राे सन्देश गएकाे छैन। प्रत्यक्षतर्फ पनि नेताकाे काेटरीबाट भन्दा पनि जनतामा भिजेका उम्मेदवार छनाेट भएनन् भने अन्याय हुन्छ। त्यतिबेला विराेध वा विद्राेह स्वाभाविक हुन्छ,” नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाेखरेलले भने।

पाेखरेलले मीनेन्द्र रिजाल, वीरबहादुर बलायर, गुरुराज घिमिरे आदि नेताहरूले प्रत्यक्षमा टिकट पाउनैपर्ने औंल्याए । साथै, उनले जनता समाजवादी पार्टी एक-दुई सिटका लागि गठबन्धनबाट नबाहिरिने विश्वास व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस्

Screenshot