Logo

जसपासँग २०-२५ सिटमा छलफल भइरहेकाे छ: महेश बस्नेत



काठमाडौं, २१ असाेज। नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्यका लागि समझदारीपत्रमा आज हस्ताक्षर हुने दाबी गरेका छन्।

“जसपासँग धेरै अगाडिदेखि छलफल भइरहेकाे थियाे। लगभग सहमति नजिक पुगेकाे छ। आज हस्ताक्षर हुने गरी मस्याैदा तयार भएकाे बझेकाे छु,” नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बस्नेतले भने। जसपासँगकाे सहकार्यबाट मधेस प्रदेशमा केपी शर्मा ओली निषेध गर्ने प्रयास असफल हुने पनि उनकाे दाबी छ।

बस्नेतले भने, “अहिले म ठ्याक्कै सिट भन्ने अवस्थामा छैन। तर २०-२५ सिटकाे हाराहारीमा छलफल भइरहेकाे छ। मधेसका १-२ सिटमा मित्रवत् प्रतिस्पर्धा हुन सक्छ।” लाेकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहकार्यभन्दा पनि व्यक्ति व्ववस्थापन हुने गरी सहकार्य हुने पनि उनले औंल्याए।

एमाले नेता बस्नेतले आसन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र) काे मत घट्ने र साना दलले राष्ट्रिय मान्यता नपाउने बताए। आगामी पाँच वर्षपछि मुलुक दुईदलीय प्रणालीमा जाने उनकाे तर्क छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot