Logo

सत्ता गठबन्धनको बैठकमा लोसपा सहभागी, आजै सिट बाँडफाँटमा सहमति हुने



काठमाडौं, २१ असोज । सत्ता गठबन्धनबाट जसपा बाहिरिएसँगै लोसपाको प्रवेश भएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर अहिले बालुवाटारको गठबन्धनको बैठकमा सहभागी भएका छन् ।

स्रोतकाअनुसार जसपा गठबन्धनबाट बाहिरिएसँगै लोसपा सत्ता गठबन्धनमा मिसिने भएको छ । जसपाले भने एमालेसँग सहकार्यको प्रयास गरेको छ ।

एमाले र जसपाबीच आजै सहमति हुने जनाईएको छ । सत्ता गठबन्धनमा लोसपाको सहभागीसँगै आजै प्रतिनिधिसभाको १६५ सिटमा सहमति गरिने जनाईएको छ । लोसपाले मधेश प्रदेशमा १० सिट लिने चर्चा छ । यसअघि जसपाले २५ सिटमा दाबी गरेको थियो । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot