काठमाडौं, २३ असाेज। नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी नेतृत्वलाई फराकिलाे मन बनाउन सुझाव दिएकी छन् । ‘अहिले एमालेलाई बलियाे बनाउनुपर्ने आवश्यकता छ । टिकट वितरणमा कमरेडहरूले चित्त दुखाइरनभएकाे छ । पार्टी नेतृत्वले पुरानाे कुरा काेट्याइरहनुभन्दा फराकिलाे मन बनाएर न्यायपूर्ण व्यवहार गर्न सक्नुपर्छ,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ शाक्यले भनिन् ।
पार्टीमा अन्याय भए पनि पार्टी छाेड्नु नेता घनश्याम भुसालकाे कमजाेरी भएकाे उनले औल्याइन्। शाक्यले भनिन्, ‘पार्टीमा कहिले न्याय हुन्छ, कहिलेकाहीँ अन्याय पनि हुन्छ । तर कमरेडहरू आत्तिनु जरुरी छैन ।’ आफू संसदीय राजनीतिबाट बिदा भए पनि पार्टी राजनीतिमा सक्रिय भइरहने उनले बताइन् । नयाँलाई अवसर दिएर पार्टीमा उत्साह थप्न चाहेकाे पनि उनकाे कथन छ ।