Logo

सिट सम्झाैता स्वीकार्य छ: जगन्नाथ खतिवडा



काठमाडौं, २३ असाेज। नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नाे पार्टीभित्र उम्मेदवारीलाई लिएर कुनै विवाद नभएकाे दाबी गरेका छन् ।

‘गठबन्धन भनेकाे सम्झाैता हाे । हामीले अन्य दलकाे सिट हामीले स्वीकार गर्याैं, हाम्राे सिट अन्य दलले स्विकारे । हाम्राे पार्टीमा सिट थाेरै भयाे भन्ने छ, उम्मेदवारीलाई लिएर कुनै विवाद छैन,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने ।

स्वतन्त्र उम्मेदवारहरूकाे चुनाैतीलाई दलहरूले सहजै स्वीकार गर्नुपर्ने पनि उनले बताए । ‘उम्मेदवार हुन पाउने अधिकार सबै नागरिकसँग छ । जिताउन वा हराउन पाउने अधिकार पनि छ । याे दलहरूलाई सच्चिन पाउने सुन्दर अवसर हाे,’ खतिवडाले थपे । उनले उदयपुरबाट प्रतिनिधिसभामा गठबन्धनकाे साझा उम्मेदवारी दिँदै छन् ।



प्रतिक्रिया दिनुहोस्