Logo

प्रभु साहले धोका दिएको र षड्यन्त्र गरेको एमाले महासचिव पोख्रेलको टिप्पणी



काठमाडौं, २६ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रभु साहले पार्टीलाई धोका दिएको आरोप लगाएका छन् । साहले पार्टीले दिएको टिकटबाट चुनाव नलडेर स्वतन्त्र उम्मेदवारी दिएको र अन्य उम्मेदवारको पनि टिकट नदिएर समय गुजार्ने षड्यन्त्र गरेको उनको आरोप छ ।

सामाजिक सञ्जाल फेशबुकमार्फत पोखरेलले भनेका छन्-

अराजनीतिक षडयन्त्रको नमुनाः प्रभु साह जसपासंगको तालमेलको संझौता वैठकमा सहभागि हुनु भो ।उक्त सहमती पश्चात मधेसप्रदेशमा उम्मेद्वार टुंगो लगाउने छलफलमा वस्नु भो । निर्णयभएर अनुसार रौतहटको टिकट पनि लिएर जानु भो । तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफुले स्वतन्त्र उम्मेद्वारी दिनु भो र अन्य क्षेत्रका उम्मेद्वारको टिकट समेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो । राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतीको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठवन्धनका नेतासंगको षडयन्त्रपूर्ण साठगाँठनै हो । रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै वुझेका छन् । मधेस प्रदेशमा नेकपा(एमाले) र जसपा वीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रुपमा सफल बनाउ । 


प्रतिक्रिया दिनुहोस्

Screenshot