Logo

युवा चिकित्सक झाको उम्मेदवारीले क्षेत्रवासी खुशी, घरदैलामो उत्साहजनक सहभागिता



काठमाडौं, २३ असोज । प्रसिद्ध छाला तथा यौन एवम् सौन्दर्य विशेषज्ञ युवा डाक्टर प्रसन्न कुमार झाले धनुषाको ३ को “क” बाट उम्मेदवारी दर्ता गराएसँगै सो क्षेत्रका वासिन्दाहरु खुशी भएका छन् । चिकित्सा पेशाबाट सिधै राजनीतिमा हाम फालेका डा. झाको उम्मेदवारीसँगै सो क्षेत्रका जनताले आफ्नो क्षेत्रको विकास हुने विश्वास लिएका छन् ।

झाले प्रदेश सभामा जनमत पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । झाको परिवार नै धनुषाको विकासको लागि सक्रिय छ । युवा अवस्थामै राजनीतिमा आउनुको कारण यसअघि जितेका जनप्रतिनिधिहरुले सो क्षेत्रको विकासको लागि सिन्को पनि नभाँचेकोले गलत परम्परा तोड्नको लागि आफू चुनावी मैदानमा खडा भएको सुनाए ।

उनले आफू कुराभन्दापनि काममा विश्वास गर्ने व्यक्ति भएकोले जनताले जिताएर पठाए सो क्षेत्रको मुहार फेर्ने विश्वास दिलाए । विभिन्न विकसित देशको भ्रमण गरिसकेका झाले सो क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा काम गर्ने बताएका छन् । उनको चुनावी घरदैलोमा जनताको उत्साहजनक सहभागिता देखिएको छ ।

प्रसिद्ध डाक्टर प्रसन्न कुमार झाद्धारा धनुषा (३) को क बाट मनोनयन दर्ता 

डा.प्रसन्न झा को घरदैलो कार्यक्रम धनौजीबाट सुरु

Related News

गेट वेल सून नेपाल स्किन एण्ड हेल्थ केयर सेन्टरको निशुल्क स्वास्थ्य शिविर : ५०० बिरामी लाभान्वित 

सबैका ‘ब्युटी डाक्टर’ प्रसन्नकुमार झा



प्रतिक्रिया दिनुहोस्