Logo

रहेनन् ह्यारी पोटरका ‘रुबियस हेग्रिड’



लसएञ्जल्स । हलिउडको प्रख्यात फ्रेञ्चाइजी ‘ह्यारी पोटर’ मा ‘रुबियस हेग्रिड’को भूमिकामा देखिएका अभिनेता रोबी कोलट्रनको निधन भएको छ ।

ब्रिटिश सिरिज ‘क्रेकर’ मा समेत उत्कृष्ट अभिनय गरेका रोबीको ७२ वर्षको उमेरमा निधन भएकोे हो । ३० मार्च १९५० मा स्कटल्याण्डको ग्लासगोमा जन्मेका उनको वास्तविक नाम एन्थोनी रोबर्ट मेकमिलन थियो ।

आफ्नो पढाई पूरा गरेपछि रोबीले केहि समय क्लब, पवहरुमा स्टेण्ड अप कमेडी गरेका थिए। विस्तारै टेलिभिजन सिरियलमा काम पाएका उनले आफ्नो अभिनयलाई टेलिभिजनबाट निखार्ने मौका पाएका थिए ।

फिल्मी अभिनयमा आउनुअघि उनले ‘फ्लेश गार्डन,’ ‘ब्लेकएडर’ र ‘कीप इट इन द फेमिली’ जस्ता शोमा काम गरेका थिए । यसबाहेक उनी ‘ए किक अप द एइटीज’, ‘द कमिक स्ट्रिप’ र ‘अल्फ्रेस्को’ जस्ता कमेडी शोमा पनि देखिएका थिए ।

सन् १९९३ र २००६ को बीच प्रसारण भएको जिमी मेकगवर्नको क्रेकर सिरिजमा रोबी एक असामाजिक आपराधिक मनोवैज्ञानिकको भूमिकामा देखिएका थिए । तर उनले बढी चर्चा ‘ह्यारी पोटर’को भूमिकाबाट पाए ।



प्रतिक्रिया दिनुहोस्