Logo

रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी



काठमाडौं, असोज ३० । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । १०३ वर्षीय जोशीको आज बिहान निधन भएको परिवारीक स्रोतले जनाएको छ ।

जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो दुई हप्तादेखि अस्पतालमा रहेको जोशीलाई शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपनि पुनः सघन उपचार कक्षमा राखेर उपचार जारी रहेको थियो ।

किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot