Logo

बढ्दो महँगीविरुद्ध फ्रान्समा प्रदर्शन चर्किदै



काठमाडौं, असोज ३१। बढ्दो महँगी र मुद्रास्फितिविरुद्ध फ्रान्सको राजधानी पेरिसमामा दैनिक विशाल प्रदर्शन हुन थालेका छन् ।

तेल प्रशोधन केन्द्रहरुमा ३ सातादेखि भइरहेको हड्तालका कारण इन्धनको मूल्य अकाशिदा सर्वत्र असर परेपछि १० औं हजार मानिस सडकमा ओर्लिएका छन् ।

विपक्षी बामपन्थी पार्टीले आह्वान गरेको प्रदर्शनमा करिब डेढ लाख मानिस सहभागी भएको प्रहरीको अनुमान छ । प्रदर्शनकारीहरु महँगीले जीवन कष्टकर बनेको र जलवायु क्षयीकरणप्रति सरकारको ध्यानाकर्षण गराउन सडकमा उत्रिनु परेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot