Logo

झाँक्रीलाई राहत, कांग्रेसका उम्मेदवार भुसालद्धरा उम्मेदवारी निष्क्रिय



काठमाडौं, ३१ असोज । गुल्मीको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार कांग्रेस नेता डा. दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन् । सोमबार नेपाली कांग्रेसले दिएको समयभित्र कांग्रेस गुल्मी पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको जानकारी दिएका हुन् ।

गुल्मीको क्षेत्र नं सत्तारूढ गठबन्धनको भागबन्डाअनुसार नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ । यहाँ एकीकृत समाजवादीका सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्री सत्तारूढ गठबन्धनको साझा उम्मेदवार छिन् ।

झाँक्रीविरुद्ध उम्मेदवारी दिएका भुसालले नेताहरूको आग्रह, राष्ट्रिय समीकरण र कार्यकर्ताको शुभेच्छाले उम्मेदवारी निष्क्रिय बनाएको बताए। उनले पार्टीको निर्देशनानुसार सत्तारूढ गठबन्धनको साझा उम्मेदवार झाँक्रीलाई समर्थन तथा सहयोग गर्ने पनि बताए ।

उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्न गरिएको पत्रकार सम्मेलनमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार झाँक्री र नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले भुसालको उम्मेदवारी निष्क्रियले सत्तारूढ गठबन्धनका सबै उम्मेदवार विजय हुनेमा निश्चित रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot