Logo

माध्यमिक तहको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका



काठमाडौं, कात्तिक २ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले असोज ३० र कात्तिक १ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारको अनुभव अन्तवार्ता र लिखित परीक्षामा प्राप्त अंकका आधारमा नतिजा प्रकाशन गरेको जनाएको छ ।

कर्णाली प्रदेशको विज्ञान, शिक्षा र स्वास्थ्य विषयको तथा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको अर्थशास्त्र विषयको नतिजा प्रकाशन गरिएको हो । नतिजा आयोगको वेवसाइट www.tsc.gov.np मा गएर हेर्न सकिनेछ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot