Logo

नवौं राष्ट्रिय खेलकुद : सफ्ट टेनिस खेलाडी बावुछोरीले हात पारे सफलता



काठमाडौं, २ कात्तिक । काठमाडौं कपनका अभिषेक कार्की र उनकी छोरी आभानाले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत टेनिस कोर्टमा भएको मिक्स डबल्स सफ्ट विधामा बाग्मती प्रदेशबाट जित हासिल गरेका छन् । उनीहरुले प्रदेश १ माथि जित हासिल गरेका हुन् ।

बुवासँगै सिकेर बुवासँगै खेल्न पाउदा निकै खुशी लागेको आभाना बताउछिन् । अब उनीहरुको अर्को खेल लुम्बिनी प्रदेशसँग छ । सो खेलमा पनि बाबुछोरीले सँगै प्रतिद्धन्द्धीको सामना गर्नेछन् । आठौं खेलमा बाबुछोरी दुबै सहभागी भएर पनि खेल्न पाएका थिएनन् ।

बाबुछोरी मैदानमा सँगै खेलेर जित पनि हात पारिएको भन्दै बावु अभिषेक कार्कीले खुशी व्यक्त गरे । उनले आफू सातौ राष्ट्रिय खेलकुदबाट राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भएको बताए । उनले त्यतिबेला एकल सफ्ट टेनिसतर्फ कांस्यपदक समेत जितेका थिए ।

उनकी छोरी आभाना राखेप कपदेखि राष्ट्रिय खेलमा भाग लिन थालेकी हुन् । आभानाले टिम इन्भेन्टतर्फ राखेप कप र आठौं राष्ट्रिय खेलकुद दुवैमा रजत पदक पाइसकेकी छिन् । आभाना कक्षा ११ मा अध्ययनरत छिन् । बुवा अभिषेक बैंकर हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot