Logo

स्वतन्त्र उम्मेदवारसहित ३७ जना विरुद्ध मुद्दा



काठमाडौं, ३ कात्तिक । कञ्चनपुरमा ३७ जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार मदन दमाई र प्रदेशसभा सदस्य उम्मेदवार पल्टु रानासहितलाई मुद्दा दायर गरेको हो ।

महेन्द्रनगर नगर विकास समितिको जमिन घोटला काण्डमा सम्लग्न राना र विचौलिया दमाईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उक्त समितिको जमिन घोटाला प्रकरणमा आयोगले नगर विकास समितिका तत्कालीन अध्यक्षहरू, कर्मचारी, मालपोत कार्यालयका तत्कालीन प्रमुख तथा अधिकृतहरू तथा जग्गा नाममा लिने ३७ जनाविरुद्ध अख्तियारले अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

रानालाई ३७ लाख, ९२ हजार बिगो र विचौलिया दमाईलाई ३७ लाख ४६ हजार ८ सय ८० रुपैयाँ बिगोसहित कसुर तथा सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot