Logo

भक्तपुरमा गठबन्धनलाई झट्का, ५० जना नेता कार्यकर्ता एमाले प्रवेश



भक्तपुर, कात्तिक ४ । चुनावको संघारमा नेपाली कांग्रेस भक्तपुर र नेकपा (एकीकृत समाजवादी) भक्तपुरलाई अर्को झट्का लागेको छ ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा बिहिबार साँझमा आयोजित एक कार्यक्रममा बालकोटकै नेपाली कांग्रेसका नेता चन्द्र कृष्ण श्रेष्ठ सहित ३५ जना युवाहरु एमाले प्रवेश गरेका हुन् ।

त्यस्तै उक्त कार्यक्रम नेकपा एसका नेता तथा गत निर्वाचनका वडा अध्यक्षका उम्मेद्वार समेत भएर ४ सय ५७ भोट ल्याउन सफल सिरुटारका नेता मिलन थापा सहित १५ जना एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गरेकाहरुलाई खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot