Logo

मकवानपुर लाल किल्ला होइनः महालक्ष्मी उपाध्याय (डिना)



काठमाडौं, ६ कात्तिक । नेपाली कांग्रेसकी सहमहामन्त्री एवं मकवानपुर-१ मा गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले यसपटक आफू जनअनुमोदित हुने पक्का भएको बताएकी छन् ।

‘म जनताले बोलाएर नै आएकी हुँ । यसलाई मैले सबै खाले चुनौतीलाई स्वीकारेर जनताबाट अनुमोदित हुने अवसरका रुपमा लिएकी छु । मकवानपुरका सामाजिक, सहकारी, जलस्रोतलगायत भौतिक पूर्वाधारका क्षेत्रमा थुप्रै योगदान गरेकाले म आफ्नो जितमा विश्वस्त छु,’ रिपोर्टर्स नेपाल डट कम, प्राइम टाइम्स टेलिभिजन, दिव्यदर्शन टेलिभिजन र नेपाली रेडियो नेटवर्क (एनआरएन) को संयुक्त निर्वाचन बहस ‘मंसिर ४ महासंग्राम’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डिनाले भनिन् ।

साथै उनले मकवानपुरको विकास नेपाली कांग्रेसले मात्र गरेको दाबी पनि गरिन् । डिनाले भनिन्, ‘स्थानीय तहमा हामीले धेरै तह जितेका छौं । संघमा जितेको इतिहास छ । अब मकवानपुर लाल किल्ला होइन ।’



प्रतिक्रिया दिनुहोस्