Logo

महानगरले आजदेखि फुटपाथमा व्यापार गर्न दिने



ललितपुर, ६ कात्तिक । आजदेखि ललितपुर महानगरपालिकाले फुटपाथमा पसल राख्न दिने भएको छ। बटुवाहरुलाई हिड्न गाह्रो भएको भन्दै सडक किनारमा राखिएका फुटपाथ पसल हटाएको महानगरले तिहारलाई लक्षित गर्दै पसल राख्न दिने भएको हो ।

महानगरले स्थानीय स्तरमा उत्पादन भएका फूल,रङ, कपडा,जुत्ताचप्पल र तिहारमा प्रयोग गरिने सामाग्रीको पसल राख्न दिने महानगरले निर्णय गरेको हो । आजदेखि फुटपाथ व्यापारीहरुले लगनखेल, मंगलबजार क्षेत्रमा पसल राख्न पाउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot