Logo

गगन थापालाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण, कारण यस्तो



काठमाडौं, ६ कार्तिक । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं-४ बाट प्रतिनिधिसभाका उम्मेदवार गगनकुमार थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

थापाले आचारसंहिता उल्लंघन गरेको आयोगको ठहर छ । आयोगले थापाले आफ्ना निर्वाचन क्षेत्रका बासिन्दालाई निःशुल्ब डेंगी परीक्षण तथा परामर्श सेवा दिने, बिरामीलाई चिकित्सकीय परामर्श उपलब्ध गराउने भन्दै ट्वीट गरेको उजुरीको आधार २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको आयोगले जनाएको छ ।

आयोगले थापाले मतदातालाई प्रभावित गर्नेगरि सामाजिक सञ्जालमा प्रचार गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ । यसअघि आयोगले शीर्ष नेताहरुलाई पनि स्पष्टीकरण सोधिसकेको छ । पछिल्लो समय आयोग निर्वाचन आचारसंहिता लागुमा कडाईका साथ एक्शनमा उत्रिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot