Logo

बेलायती नयाँ प्रधानमन्त्रीको प्रतिस्पर्धाबाट जोनसन बाहिरिए, ऋषि र पेन्नीबीच मात्रै प्रतिस्पर्धा



काठमाडौं, कात्तिक ७ । बेलायतमा नयाँ प्रधानमन्त्री चयनको लागि अब दुई जना बीच मात्रै प्रतिस्पर्धा हुने भएको छ । नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गरेका पूर्व प्रधानमन्त्री बोरिस जोनसन प्रतिस्पर्धाबाट बाहिरिएपछि अव ऋषि सुनक र पेन्नी मोर्डान्टबीच मात्रै प्रतिस्पर्धा हुने भएको हो ।

सम्भवत आज साँझसम्ममा बेलायतको नयाँ प्रधामन्त्री को भन्ने विषय टुंगो लाग्नेछ । जोनसनले आफू प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गर्दै सन् २०२४ मा हुने आम निर्वाचनपछि प्रधानमन्त्रीका प्रतिस्पर्धा गर्नु उपयुक्त हुने लागेको बताए ।

जोनसन बाहिरिएपछि बेलायतको नयाँ प्रधानमन्त्रीमा ऋषि सुनकको सम्भावना बलियो बनेको बताइएको छ । बेलायतका मुख्य अखवारहरु डेली एक्सप्रेस, द सन र द मिररले सुनक नै नयाँ प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् ।

प्रधानमन्त्रीको प्रतिस्पर्धामा रहेकी पेन्नी मोर्डान्टले मनोनयनका लागि सय जना सांसदको समर्थन जुटाउनै मुस्किल रहेको बताइएको छ । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले डेढ महिनामा नै पदबाट राजिनामा दिएपछि नयाँ प्रधानमन्त्रीको खोजी शुरु भएको हो ।(



प्रतिक्रिया दिनुहोस्

Screenshot