Logo

राजधानीमा आज सत्ता गठबन्धनको संयुक्त भेला



काठमाडौं, कात्तिक ७ । पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौंमा प्रदेशस्तरीय भेला गर्दैछ । चुनावी प्रचार अभियानमा रहेको गठबन्धनले छ वटा प्रदेशमा भेलाको आयोजना गरेर आज काठमाडौंमा अन्तिम भेला गर्न लागेको हो ।

कांग्रेसले ४ कात्तिकबाट अभियान सुरु गरेको थियो । भेलालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

गठबन्धनले आइतबार मात्र सुर्खेत र धनगढीमा प्रदेशस्तरीय भेला आयोजना गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot