Logo

ग्यास बाल्ने क्रममा सिलिन्डर विस्फोट हुँदा ५ जना गम्भीर घाइते



एजेन्सी, १३ कात्तिक । भारतको बिहारको नवादमा खाना पकाउने क्रममा सिलिण्डर विस्फोट भएको छ । सिलिण्डर पड्किँदा एकै परिवारका चारसहित पाँच जना गम्भिर घाइते भएका छन् ।

घाइतेहरुलाई थप उपचारका लागि पावापुर रिफर गरिएको छ । एक वर्षसम्म घरमा सिलिन्डर राखिएको बताइएको छ ।

जिल्लाको हिसुआनगरको वडा–१४ हिसुआदेह मुन्शी टोलाको एक घरमा ग्यास सिलिण्डर पड्किँदा दुई बालबालिकासहित पाँच जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा नन्दलाल स्वर्णकारका छोरा आलोक कुमार, आलोककी श्रीमती अनुराधा कुमारी, उनका दुई छोराछोरी पाँच वर्षीय मिथुनकुमार, चार वर्षीया सौन्दर्य कुमारी र छिमेकी लल्लुप्रसादका छोरा पिन्टु कुमार रहेका छन् ।

घाइते सबैको अवस्था चिन्ताजनक रहेको बताइएको छ । घाइते आलोक कुमार गएको टेकरीमा एक वर्षदेखि बस्दै आएका थिए । आलोक आफ्नो भाइको घरमा भइरहेको छठमा सहभागी हुन सम्पूर्ण परिवारसहित हिसुआ आएका थिए । शनिबार घरमा खाना पकाउन एक वर्षदेखि राखिएको ग्यास सिलिन्डर जलाउने प्रयास गरिएको थियो तर जलेको थिएन, त्यसपछि पिन्टुकुमारलाई बोलाएर ग्यास सिलिन्डर मिलाउन भनिएको थियो ।

ग्यास बाल्ने क्रममा सिलिन्डर विस्फोट भएको हो । सिलिण्डर पड्किँदा एकै परिवारका चारसहित पाँच जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र हिसुआमा ल्याइएको थियो, जहाँबाट गम्भीर अवस्था देखेर प्राथमिक उपचारपछि पवापुरी रिफर गरिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot