Logo

नेप्सेमा दोहोरो अंकको वृद्धि



काठमाडौं, १४ कात्तिक । शेयर बजारमा आज दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसुचक १६ दशमलव ३९ अंकले बढेर १८७४ दशमलव ८७ विन्दुमा पुगेको हो ।

शेयर बजारमापक सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव ९३ अंकले बढेर ३७० दशमलव ८६ विन्दु कायम भएको हो ।

नेप्सेमा आज २२४ कम्पनीको ६९ करोड ७३ लाख १७ हजार ६ सय ११ रुपैयाँ बराबरको २५ लाख ७४ हजार ९ सय ७५ शेयर किनबेच भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot