Logo

शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठसहित)



काठमाडौं, १५ कार्तिक । नेकपा (एमाले)ले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गर्ने संकल्प लिएको छ । आज (मंगलबार) सार्वजनिक भएको पार्टीको घोषणापत्रमा सो कुरा उल्लेख गरिएको छ ।

घोषणापत्रमा ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय’ सम्बन्धमा लेखिएको छ–‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गरिनेछ । द्धन्द्धकालमा घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिहरुलाई उपचार, रोजगारी, स्वरोजगारका अवसर र पूनः स्थापनासम्बन्धी कार्य गरिनेछ । द्धन्द्धपीगित परिवारलाई क्षतिपूर्ति, पूनस्र्थापना र परिपूरणको कार्य अघि बढाईनेछ ।’

त्यस्तै, द्धन्द्धपीडितलाई द्धन्द्धको त्रासदी, निराशा र अन्यायबाट मुक्त र संरक्षण गरिने पनि उसले उल्लेख गरेको छ । सुाथै, उनीहरुलाई न्याय दिने प्रतिबद्धता जनाएको छ । घाइते तथा पीडितहरुमा क्षमता विकास गरी रोजगारी उपलब्ध गराउने र समाजको मूल प्रवाहमा ल्याई सम्मानजनक जीवनयापन गर्नसक्ने बनाईने उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot