Logo

युनाइटेड युरोपा लिगको प्लेअफमा



एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युईएफए युरोपा लिगको प्लेअफमा पुगेको छ । बिहीबार राति भएको समूहचरणको अन्तिम खेलमा स्पेनिस क्लब रियल सोसिडाडलाई १-० गोलले पराजीत गरेपनि युनाइटेडलाई सिधै नकआउट चरणमा पुर्याउन पर्याप्त रहेन ।

रिले एरिनामा भएको खेलमा युनाइटेडलाई जीत दिलाउन एलेजान्द्रो गार्नाचोले एक गोल गरे । खेलको १७ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको पासमा गार्नाचोले गरेको गोलनै युनाइटेडलाई जीत दिलाउन पर्याप्त रह्यो ।

जीतसँगै युनाइटेड ६ खेलबाट १५ अंक जोड्दै समूह ‘ई’को दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको छ । यस्तै समान खेलबाट समान अंक जोडेको सोसिडाड गोल अन्तरमा शीर्ष स्थानमा रहँदै सिधै अन्तिम १६ मा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot