Logo

हरिबोधनी एकादशीमा तोरणले सिंगारियो पशुपतिनाथ (फोटोफिचर)



काठमाडौं, कात्तिक १८ । हरिबोधनी एकादशीको दिन पशुपतिनाथ भक्तजनले विशेष पूजा गरेका छन् । उनीहरुले बागमती नदी वारिपारि तोरण टाँगेर पूजा गरेका छन् । भक्तजनले बागमती नदी र पशुपति मन्दिर क्षेत्रलाई केन्द्रित गरेर तोरण टाँगेर पशुपति क्षेत्रलाई सिँगारेका हुन्। कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु यसै दिन जागा हुने शास्त्रीय मान्यता छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ ।

वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ‘ठूलो एकादशी’ पनि भनिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । चतुर्मासभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन्। कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने दिनलाई हरिबोधिनी एकादशी भनिन्छ।

फोटोः मुकुन्द कालिकोटे / रिपोर्टर्स नेपाल

 



प्रतिक्रिया दिनुहोस्

Screenshot