Logo

बस्नेतको घरबाट २९ तोला सुन डकैती घटनाका मुख्य आरोपी पुर्पक्षको लागि जेल चलान



काठमाडौं, १८ कात्तिक । कीर्तिपुरको नारायण बस्नेतको घरबाट सुन र नगद डकैती घटनाको मुख्य आरोपी पुर्पक्षको लागि जेल चलान भएका छन् । कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित बस्नेतको घरमा गत साउन २४ गते बिहान एक समुहले चोरी गरेका थिए ।

हतियारसहित आएको समुहले बस्नेतको २९ तोला सुनका गरगहना र साढे एक लाख नगद चोरी गरेका थिए । सोही घटनाका मुख्य आरोपी स्वयम्भुका प्रेम भन्ने सानुकान्छा तामाङलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाएको हो ।

यसअघि नै घटनामा सम्लग्न चारजना पक्राउ परिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot