Logo

जसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै



काठमाडौं, कात्तिक १९ । जनता समाजवादी पार्टी (जसपा)ले आसन्न आम निर्वाचनका लागि तयार पारेको चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ।

जसपाले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले तयार पारेको घोषणापत्र सार्वजनिक गर्न लागेको हो।

सत्ता गठबन्धनसँग असन्तुष्टि जनाउँदै नेकपा (एमाले)सँग गठबन्धन गरेर निर्वाचनमा होमिएको जसपाले नयाँ बानेश्वरस्थित दि होटल एभरेस्टमा आजदिउँसो २ बजे एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्