Logo

अनलाइन लाइसेन्स आवेदन अनिश्चितकालका लागि बन्द



काठमाडौं, कात्तिक २० । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द हुने भएको छ । सरकारले आगामी १ मंसिरदेखि लाइसेन्स अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको हो ।

यातायात व्यवस्था विभागले सूचना जारी गरेर लाइसेन्स अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने जनाएको हो । अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुने जनाएको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभागबाट कर्मचारी खटिनुपर्ने भएकाले सेवा रोक्नुपरेको विभागले जनाएको छ ।

विभागले लाइसेन्स छपाइ र वितरण लामो समयदेखि चरम ढिलासुस्ती गर्दै आएको छ । ट्रायल पास भइसकेकाले करिब तीन वर्षसम्म पनि लाइसेन्स पाउन सकेका छैनन् । नवीकरणका लागि आवेदन दिएकाले समेत लामो समयसम्म लाइसेन्स पाउन कुर्नुपर्ने अवस्था छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot