
काठमाडौं, कात्तिक २२। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण भएको छ ।
चुनावी कार्यक्रममा सहभागी हुन सुर्खेत जाने क्रममा मौसम खराब भएपछि उनी सवार हेलिकोप्टर सल्यानको खलंगामा अवतरण गरिएको हो ।
प्रचण्ड सचिवालयका अनुसार हेलिकोप्टर केही समय खलंगामा अवतरण भएर पुनः सुर्खेतका लागि प्रस्थान भएको छ ।
गोरखाको चुनावी कार्यक्रम सकेर उनी आज कर्णाली र सुदूरपश्चिमका चुनावी सभामा सहभागी हुन लागेका हुन् ।