Logo

अध्यक्ष ओलीद्वारा पार्टीको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका नवनिर्वाचित कार्यसमितिलाई बधाई



काठमाडौँ,२२ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गरेर प्रवासी नेपाली मञ्चले विश्वभरि एकताको सन्देश दिएकोप्रति खुसी व्यक्त गरेका छन् ।

पार्टीको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका नवनिर्वाचित कार्यसमितिलाई आज बधाई दिँदै उहाँले सर्वसम्मत नेतृत्व चयन भएकोप्रति खुसी व्यक्त गरेको हो ।

“आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा आ–आफ्नो ठाउँमा गएर सक्रिय सहभागि हुनुहोस्”, उनले भने, “पार्टीलाई बलियो बनाउन तपाईँहरूको भूमिका महत्वपूर्ण छ ।”

अध्यक्ष ओलीले नवनिर्वाचित अध्यक्ष सञ्जय थापा, निवर्तमान अध्यक्ष भक्त गुरुङसहितका निवर्तमान तथा नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यलाई खादा लगाएर बधाई दिएका थिए ।

आइतवार काठमाडौँमा सम्पन्न भएको मञ्चको अधिवेशनबाट अध्यक्षमा सञ्जय थापा (अमेरिका) सर्वसम्मत चयन भएका थिए । उपाध्यक्षमा रमेश पाण्डे (अष्ट्रेलिया), सचिवमा हेम शेर्पा (स्पेन) र उपसचिवमा चानक पोखरेल (कतार) र कर्ण शाही (बेलायत) सर्वसम्मत चयन भएका थिए ।

त्यसैगरी केन्द्रीय सदस्यमा अमेरिका महादेशबाट ढुण्डीराज पाण्डे, कुन्ती थापा, जानकी कार्की, पुरुषोत्तम बोहोरा र राजेन्द्र शिवाकोटी चयन भएका छन् भने युरोप महादेशबाट सरस्वती केसी, राजेन्द्र पुडासैनी, विमला भण्डारी, शिव बरुवाल, गोविन्द पौडेल, कल्पना त्रिपाठी, सुरेन्द्र थपलिया र हेमराज जोशी चयन भएका थिए ।

यस्तै मध्यपूर्व महादेशबाट बलराम गिरी, तीर्थ गौतम, ज्योति शर्मा महेश गिरी र कमलमणि भण्डारी तथा एसिया महादेशबाट सुरेश कार्की, डा सरोज कँडेल र सञ्जु केसी केन्द्रीय सदस्य चयन भएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot