Logo

सुदूरपश्चिम प्रदेशमा एमालेको एकल सरकार बन्छः डेजी पाण्डे (भिडिओसहित)



काठमाडौं, २३ कात्तिक । कैलाली २ प्रदेश (ख) मा नेकपा एमालेका उम्मेदवार डेजी पाण्डेले आफ्नो पार्टीले सरकारमा हुँदा जनतामा धेरै आशा जगाएको दाबी गरेका छन् ।
‘मंसिर ४ को लडाइँ गठबन्धनका नाममा अस्थिरता बढाउने र विकास अनि स्थिरता चाहनेबीचको हो । सरकारमा एमालेले हँुदा विकासको आश देखायो । उत्तर दक्षिण, पूर्वपश्चिम रेलमार्गको कुरा गर्दा उडाउनेहरुले आज आफ्नो घोषणापत्रमा त्यसैलाई एजेन्डा बनाएका छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरा नक्सामा समेटिएको छ । केपी शर्मा ओलीका कारण जनताका मूर्छित सपना ब्युँझेका छन् । जनताले अस्थिरताको द्योतक गठबन्धनलाई समाप्त पार्नका लागि एमालेलाई मतदान गर्नेछन्,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले भने ।

चुनावमा उनले एमाले पहाड र तराईका छरिएर रहेका बसोबासलाई एकीकृत गर्ने अवधारणा अघि सारेका छन् । साथै आवासीय विद्यालय, सहरी व्यवस्थापनलगायत विकासको दीर्घकालीन मोडल पनि उनको एजेन्डामा छन् । उनले भने, ‘व्यवस्थित बाटो, जैविक र ग्याबिन तटबन्धन, कृषि क्षेत्रमै स्वरोजगारी, गेटा मेडिकल कलेज सञ्चालन मेरा एजेन्डा हुन् ।’

सुदूरपश्चिम प्रदेशमा आगामी सरकार एमालेकै बन्ने पाण्डेले ठोकुवा गरे । उनले भने, ‘मिलीजुली सरकार बनाउनै हुँदैन । प्रदेशमा एमालेको एकल सरकार बन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot