Logo

शीतगङ्गालाई विकास गर्ने प्रतिवद्धता



काठमाडौँ,२३ कार्तिक । नेपाली कांग्रेसका नेता तथा पूर्व उपसभामुख पुष्पा भुसालले नेपालकै सबैभन्दा ठूलो शीतगङ्गा नगरपालिकाको विकासका लागि विशेष क्षेत्र बनाउने बताएका छन् ।
शीतगङ्गा नगरपालिका– १२ को रजियामा भएको चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै अर्घाखाँचीबाट नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भुसालले भौगोलिक अवस्थाले जटिल रहेको शीतगङ्गा नगरलाई विशेष क्षेत्र बनाएर विकासको नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेको हो ।

रोजगारी र शिक्षाको कारण गाउँमा मानिस बसाइँसराइ गरेको बताउँदै अर्घाखाँचीमा सुविधा सम्पन्न कलेज र प्राविधिक विषय पढाइ हुने कलेज खोल्नुपर्ने बताए ।
उनले अर्घाखाँचीका युवालाई कृषि, पशुपालन र पर्यटनको माध्यमबाट स्वरोजगार बनाउने बताए । अर्घाखाँची प्रदेशसभा २ का उम्मेदवार कमलप्रसाद भुसालले नेपाली कांग्रेसको नेतृत्वमा हरेक आन्दोलन र परिवर्तन भएको बताएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्