Logo

दार्चुलामा पुगेर ओलीमाथि खनिए प्रचण्ड, आमसभामा उर्लियो जनसागर



काठमाडौं, २३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुच्चे नक्शा जारी गर्ने कुरामा एमाले अध्यक्ष केपी शर्मा ओली आफूहरुको कारण बाध्य भएको आरोप लगाएका छन् ।

दार्चुलामा आयोजित सत्ता गठबन्धनको बृहत्त चुनावी सभामा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्ने निर्णय आफूहरुले तत्कालिन नेकपामा हुँदा गरेकोले ओलीले बाध्य भएर सोबारे सहमति जनाएको खुलासा गरेका हुन् ।

उनले नेपाली भूमि समेटेर नक्शा बनाउने काम आफूहरुले गरेको भन्दै एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्तिमा विश्वास नगर्न आग्रह गरे । चुनावी सभामा ठूलो जनसागर उर्लिएको थियो । सो सभामा प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले पनि सम्बोधन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot